Inauguration Mato Store Budhanilkantha, Deuba Chowk

आत्मनिर्भरताको नयाँ सुरुवातः माटोले देउवा चोक, बुढानिलकण्ठमा आफ्नो सातौं स्टोरको अनावरण एक समारोहका विचमा सम्पन्न गरेको छ।

माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। माटोले आत्मनिर्भरता, र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैबीक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ ।

माटोको कथा भुमिपुत्रलाई शसक्तिकरण गर्ने उद्देश्यका साथ सुरु भयो। किसानहरूलाई सशक्त बनाई र हाम्रो दैनिक आवश्यकताहरू पुरा गर्न र दिगो खेती प्रक्रियालाई यस्ले पुनर्व्याख्या गर्दछ। माटोका अध्यक्ष श्री पवन कुमार गोल्यान, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा मा लागे। किसानका भोगाई र सङ्घर्षको जिवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो। माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको हो।

मानवजीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अमिवृदी माटोको मान्यताको केन्द्रबिन्दु हो। माटोको आरम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित भएको थियो। माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर, विषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने बिधिलाइ निरुत्साहित गर्दछ।

राष्ट्रले कोविड झेलिरहेको अत्यारलाग्दो समयमा, माटोको यात्राले फड्को लियो। नयाँ पहलहरू, जस्तै ’भ्यान मार्केट’,को माध्यमवाट फलफूल र तरकारीहरू विभिन्न इलाकामा पुराएर , काठमाडौँ उपत्यका वासीहरुका लागि आवश्यक स्रोत बनेर ग्राहकहरूका निमित्त “ खाँचोको साँचोको “ रूपमा माटो अगाडी बढेको थियो। त्यसैगरी समयको माग र बढ्दो आवश्यकता लाई मध्यनजर गरेर माटोले सेनिटाइजर, मास्क र टिस्युपेपर जस्ता चीजहरू समावेश गरेर आफ्नो उत्पादन वृद्धि गरी महामारीको बीचमा सार्वजनिक स्वास्थ्य सुरक्षामा ध्यान केन्द्रित गर्दै आफ्ना उत्पादनहरु उपभोक्ता समक्ष्य प्रस्तुत गरेको थियो।

माटोले देश भरका स्थानीय फार्महरू बाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउछ। लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, ईलामको शुद्ध गाईको घ्यु र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन माटोले प्रोत्साहन गरिरहेकोछ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरुको मात्रा घटाउनु पनि रहेको छ।

माटोले देउवा चोक, बुढानिलकण्ठमा यहि भाद्र ६ गतेका दिन आफ्नो सातौं स्टोरको शुभारम्भ गर्दैछ, जहाँबाट हाम्रो आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरुको घरदैँलोमा पुर्‍याउने नयाँ अध्याय सुरुवात हुनेछ। माटोले सबै स्थ्यनिय ग्राहकवर्गलाई उद्घाटन कार्यक्रममा सामेल हुन र ताजा जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरुको स्वाद लिन पनि हार्दिक आमन्त्रण गर्दछौ। माटोको मूल्यमान्यता र लक्ष्यहरु आत्मसात गर्ने समुदाय र ग्राहकलाई संग्लनताको सूत्रको रूपमा उद्घाटनका दिनमा उत्कृष्ट छुट र बिशेष उपहारको व्यवस्था गरेको छ ।

माटोले हाम्रो भविष्यमा योगदान गर्दछ, जहाँ स्थानीय किसानहरू सफल हुन्छन्, राष्ट्र बलियो हुन्छ, र उपभोक्ताको स्वास्थ्यलाई हाम्रा हरेक उत्पादनले प्राथमिकता दिन्छ र बुढानिलकण्ठको देउवा चोकमा खोलिएको माटोको सातौं स्टोर ब्राण्डको बृद्धि, प्रभाव र आत्मनिर्भरको प्रतिक हो।

Comments

0 Comments Write a comment

Leave a comment